इटहरी / ऐतिहासिक महत्त्व बोकेको उदयपुर गढीमा पुगेर इटहरी ६ मा रहेको मोडर्न प्रिपेरेटोरी सेकेण्डरी माध्यमिक विद्यालयका विद्यार्थीहरूले उदयपुरगढीको शैक्षिक अवलोकन गरेका छन् ।

इटहरी वडा नम्बर ६ मा रहेको उक्त बिद्यालयमा रहेको ट्राभल एण्ड टुरिजम क्लब मोडर्न प्रिपरेटोरीले उदयपुर जिल्लाको उदयपुरगढीमा कक्षा ६, ७, ८ का ८० जना बढी विद्यार्थीहरूलाई शैक्षिक भ्रमण गराएको हो ।

बिद्यालयमा रहेको ट्राभल एण्ड टुरिजम क्लब मोडर्न प्रिपरेटोरीको आयोजनामा भएको उक्त शैक्षिक अवलोकन भ्रमणमा बिद्यार्थीहरुले उदयपुर गढी र त्यस क्षेत्रको रहनसहन, भेषभूसा, संस्कृति, जीवनशैली लगायतको अध्ययन गरेका थिए ।

उक्त भ्रमणमा सहभागी कक्षा ८ की छात्रा खुशी विष्टले भनिन्, “एकदमै नयाँ अनुभव भयो । यहाँ आएर धेरै नयाँ कुराहरु देख्ने सिक्ने अवशर बन्यो उदयपुरगढीको भ्रमण ।”

पढेर भन्दा पनि आँफैले देखेर बुझेको कुरा चीरस्थायी हुने बताउँदै बिद्यालयमा बिगत छब्बिस वर्ष देखि अध्यापन गराउंदै आएका सह(प्रधानाध्यापक रमेश प्रसाद निरौलाले आफैले अवलोकन गरेर, अनुभव लिएर आर्जन गरेको ज्ञान विस्मरण नहुने बताए ।                              IMG_20231012_102009


सह(प्रधानाध्यापक रमेश निरौलाले भने, “जीवनमा भ्रमणबाट प्राप्त गरेका अनुभवहरुलाई अरुसँग बाँड्दा पनि छुट्टै आनन्द पनि आउँदछ । भ्रमणलाई मात्र भ्रमणका रुपमा सिमित नगरी यसलाई उपलब्धीमूलक बनाउन सकेमा मात्रै भ्रमणका लगि गरिएको लगानी अत्यन्तै फलदायी हुन्छ ।”उक्त भ्रमणबाट धेरै नयाँ सिकेको विद्यार्थीहरूले बताएका थिए ।

शैक्षिक भ्रमणले विद्यार्थीले सिकेका सवल पक्षलाई केलाउने हो भने उनीहरुले सुनेको भन्दा धेरै ज्ञान आर्जन गर्ने गरेका छन् । एउटा बन्द कक्षा कोठामा शिक्षकले उदयपुरगढीको बारेमा बताउँदा जति सिकाउन सकेका हुन्छन् त्यसको दसौं गुणा भन्दा वढी ज्ञान विद्यार्थीले उक्त स्थानको भ्रमणबाट आर्जन गर्न सक्ने निरौलाको अनुभव छ ।

उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बाट करिव १८ किमी पच्चिममा रहेको नेपालटारबाट करिब ३० मिनेटको उकालो बाटोको यात्रा गरेर विद्यार्थीहरू उदयपुरगढी पुगेका थिए । इटहरीबाट नेपालको ऐतिहासिक बिरासत बोकेको गढी पुगेका बिद्यार्थीहरुले उक्त स्थानको शैक्षिक अवलोकन गर्दा नयाँ अनुभव र रोमाञ्चकता महसुस गरेको अनुभव सुनाएका थिए ।

कक्षामा  विद्यार्थीलाई सैद्धान्तिकसँगै प्रयोगात्मक ज्ञानको समेत विकास होस भनेर भ्रमण गराइएको विद्यालयका प्राचार्य मणिकुमार पौडेल बताउँछन् ।भ्रमणमा शिक्षक र  विद्यार्थीहरूले नाचेर, गीत गएर रमाइलो गरेका थिए ।

उक्त भ्रमण दलका शिक्षक बिद्यार्थीहरुले स्थानीय घरबास होम स्टेमा खाना खाएका थिए । स्थानीय पंचावती घरवास होम स्टेमा आवद्द स्थानीय दिनेश धमलाले इटहरीबाट आएका आफ्ना पाहुनालाई टीका, फुल र चकलेट दिएर गढ़िमा स्वागत गरेका थिए । स्थानीय पुस्कर प्रसाद भण्डारीले उदयपुर गढीको एतिहासिक महत्त्व, रहनसहन, जीवनशैली लगायताका विषयहरुमा जानकारी गराएका थिए ।

नेपाल सरकारले देशभरका १ सय पर्यटकीय गन्तव्य तोकेकामध्ये उदयपुरगढी पनि एक हो । भ्रमण वर्षमा नेपालमा अधिकतम पर्यटक भित्र्याउने योजना अनुसार गाउँपालिकाले पुरानो गढीको पुनर्निर्माण कार्यक्रम अघि सारेको र जस अनुसार संघीय सरकारसँग साझेदारीमा पुनारो गढी पुनर्निर्माण हुदै गरेको गाउँपालिका अध्यक्ष मानबहादुर मगरले जानकारी दिए । मगरका अनुसार उक्त क्षेत्रमा आन्तरिक पर्यटकको आवागमन बढाउँनलाई पूर्वाधार बिकाश र प्रचारप्रसारमा ध्यान केन्द्रित गरिएको छ ।

त्यसैगरी, उदयपुर गाउँपालिका वडाध्यक्ष कुमार अधिकारीले गढीको बिकाशका लागि ५ नम्बर वडा गाउँपालिकासँग मिलेर होम स्टे भवन निर्माण गरेको बताए । उनका अनुसार होम स्टे संचालकहरुलाई खाना बनाउने तालिम लगायतका काम गरिएको छ । नेपाली सेनाको सहयोगमा गढीमा निर्माण गरिएको मन्दिरमा काली भगवतीको मुर्ति राख्ने तयारि गरेको अधिकारीले जानकारी दिए ।

उनले भने, “गढीको निर्माण सकिएको छ । गढीमा रहेको मन्दिरमा काली भगवतीको मुर्ति राख्ने र त्यसको लागी नेपाली सेनाको सहयोगमा बाजागाजा सहित मुर्ति स्थापना गरेर प्राणप्रतिष्ठा गर्ने तयारि चलिरहेको छ ।”

उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मान बहादुर मगर, वडाध्यक्ष कुमार अधिकारी, नेका वडा सभापति पुस्कर प्रसाद भण्डारी, बिद्यालयका प्रअ मणिकुमार पौडेल, रमेश प्रसाद निरौला , विद्यालयका शिक्षक लगायतको टोली गढीको अवलोकन गरेको थियोे ।                              IMG-20231003-WA0000

IMG-20231003-WA0010

उदयपुरगढी गाउँपालिका- ५ मा पर्ने उदयपुरगढी उदयपुरको पुरानो सदरमुकाम पनि हो । बिक्रम संवत २०२८ साला सम्म जिल्ला सदरमुकाम रहेको उदयपुरगढीको नामबाट जिल्लाको नामाकरण भएको हो । उदयपुर जिल्लाको नामकरणदेखि सदरमुकामसम्मको इतिहास उदयपुरगढीसँग जोडिएको छ ।

उदयपुरगढी राजा उदयसिंह नामका सेन वंशका राजाले राज्य गरेको स्थान हो । पछि पृथ्वीनारायण शाहले आक्रमण गरेपछि उदयपुरगढी राज्य गोर्खा राज्यमा समावेश भएर अहिलेको नेपाल निर्माण भएको हो ।

राजा उदय सेनका बारेमा जिल्लाका विभिन्न विद्वानका विभिन्न कथनहरु रहेका छन् । प्रा। डा। सोमप्रसाद खतिवडाद्वारा लिखित उदयपुरगढीको इतिहास र पर्यटन नामक पुस्तकमा ई।सं। १३२४ तिर मिथिलाको तिरहुते राज्य पतन भएको हुनाले त्यसको केही समयपछि उदयपुरगढी स्थापना गरिएको हुन सक्ने देखिन्छ ।

यहाँ प्रत्येक वर्ष दशैँ, रामनवमी लगायत अन्य तिथिमा जिल्लाका सम्पूर्ण क्षेत्रबाट ठूलो संख्यामा पञ्चावतीगढी देवीको पूजा तथा आराधना गर्न भक्तजन जाने गर्छन् ।