सुनसरी / खोटाङको दिक्तेलमा आयोजित मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनीमा आएका स्वदेश तथा विदेशका चित्रकारलाई भव्यरुपमा स्वागत गरिएको छ । 


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा असोज १७ गतेदेखि असोज २१ गतेसम्म सञ्चालन हुने चित्रकला कार्यशाला तथा प्रदर्शनीमा नेपाल सहित १४ देशका कलाकार दिक्तेल आइपुगेका छन् ।


बुधबार स्वदेशी तथा विदेशी कलाकारको भव्य स्वागत गरिएको थियोे । सो जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी आयोजना गरिएको हो ।


खोटाङको कला, संस्कृति र पर्यटनको प्रवद्धनका लागि १० वटै स्थानीय तहमा भएका पाखा, पखेरा, जंगल, खोल्साखाल्सी, खोँच, लेकबेँसीका साथै प्राकृतिक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको सुन्दर पक्षहरुको प्रचारका लागि लाइभ चित्रकला तथा प्रदर्शनी आयोजना गरिएको नगरप्रमु तीर्थराज भट्टराईले जानकारी दिए ।IMG_20231005_220603

IMG_20231005_220615

ख्यातिप्राप्त कलाकारहरुले बनाएको चित्र असोज २० गते शनिबार सदरमुकामस्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा प्रदर्शनीसमेत गरिनेछ । उक्त दिन साङ्गीतिक प्रस्तुति दिन चर्चित गायक राजेश पायल राई (राई इज किङ) पनि दिक्तेल आउने कार्यक्रम छ । गायक राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर दूतसमेत हुन् ।


लाइभ चित्रकला कार्यशाला एबं कला प्रदर्शनी अन्तरगत स्वदेशका १७ जना र विदेशका २० कलाकारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत जिल्लाका अन्य महत्वपूर्ण ठाउँको दृश्यलाई क्यानभासमा प्रत्यक्ष उतार्ने छन् ।1696498862861