इटहरी / इटहरीको आपगाछीमा यहीँ असोज २० गतेदेखि १५ दिनसम्म सांस्कृतिक पर्यटन महोत्सव सञ्चालन लाग्ने भएको छ ।


आज आयोजित पत्रकार भेटघाट गर्दै असोज २० देखि कात्तिक ४ गतेसम्म आँपगाछी चोकमा सञ्चालन हुने सो महोत्सव आयोजना गर्न राजु बस्नेतको संयोजकत्वमा मूल समिति बनाइएको संस्थाका अध्यक्ष विसुधन राईले बताए ।


विकास निर्माणकर्ताहरूको सञ्जाल इटहरीले आयोजना गर्ने महोत्सवमा स्थानीयदेखि राष्ट्रिय स्तरका कलाकारहरुको समेत सहभागिता हुने मुल आयोजक समितिका संयोजक बस्नेतले बताए । महोत्सव सफल बनाउनका लागि १५ वटा उपसमिति बनाइएको छ ।


महोत्सवमा दैनिक रुपमा जातीय भेषभुषा सहितको प्रस्तुति एवं साहित्यसम्बन्धी स्टलसमेत राखिने र महोत्सव अवधिभर ५७ लाख ९० हजार रुपैयाँ खर्च हुने आयोजक समितिको अनुमान छ ।


महोत्सवबाट संकलन भएको रकम विपद् व्यवस्थापन कोष खडा गरिने संस्थाका अध्यक्ष विशुधन राईले जानकारी दिए । उनका अनुसार महोत्सवमा २० वटा स्टल राखिने छ । महोत्सव कात्तिक ४ गतेसम्म हुने जनाइएको छ ।


सो महोत्सवलाई इटहरी उपमहानगरपालिका इटहरी , इटहरी उपमहानगरपालिका २ नं. वडा कार्यालय , संगित साधना प्रतिष्ठान नेपाल ,तालतलैया विकास तथा संरक्षण समिति ,शान्तिनगर सामुदायिक वन उपभोक्ता समूह , युथ क्लव आँपगाछीले संरक्षण गर्ने भएको छ ।