सुनसरी / धनकुटा जितपुर बाट मोरङको रमाइलो बसोबास गरिरहेका निरमाया पौडेलको परिवारले आफ्ना पिता चुडामणिको सम्झनामा  ताप्लेजुङको प्रसिद्ध तिर्थस्थल पाथिभरा मन्दिरमा धर्मसाला बनाइदिएका हुन्  ।

धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको पाथीभरा मन्दिर परिसरमा आगन्तुक भक्तजनको सहजताका साथै व्यवस्थित बनाउने उद्देश्यले धर्मसाला निर्माण गरिएको छोरा चन्द्र पौडेलले बताउनुभयो । धर्मसाला निर्माणपछि पाथीभरा मन्दिर बाटो आकर्षक र व्यवस्थित देखिएको छ।

ताप्लेजुङ जिल्लामा अवस्थित एक प्रसिद्ध तीर्थस्थल हो पाथीभरा मन्दिर पाथीभरा मन्दिर हिन्दू हरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास, आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ किलोमिटर पूर्वोत्तरतर्फ ३७९४ मिटरको उचाइमा अवस्थित छ ।IMG_20230928_125238

यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ । अन्नभरेको पाथीझैँ सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पत्तिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी“ भनी श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ ।

ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्‍तुवुङ“ भनेर चिन्दछन् । लिम्बूभाषामा “मुक्‍तु“को अर्थ शक्ति वा बल, “वुङ“को अर्थ बोट भन्ने जनाउँदछ् । अर्थात् लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन् ।

फेदीबाट लेकाली अङ्गेरी, गोब्रेसल्लो, धुपी, गुराँसको जंगल मालिङोघारीको बाटो हुँदै लगभग २ घण्टा ठाडो उकालो हिँडेपछि पाथीभरादेवीको मन्दिर रहेको डाडाँमा पुग्न सकिन्छ, जहाँबाट कञ्चनजंघा, कुम्भकर्ण जस्ता हिमश्रृंखला अवलोकन गर्न सकिन्छ । पाथीभरा मन्दिर बाटोमा भक्तजन हरुको सहजताका लागि मनकारी मानिसले विभिन्न स्थानमा व्यवस्थित बिस्राम्स्थल बनाइदिने गरेका छन् ।