इटहरी / ४४ औं विश्व पर्यटन दिवस इटहरीमा प्रभातफेरी कार्यक्रम गरि मनाइएको छ ।

जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरी, तालतलैया विकास तथा संरक्षण समिति इटहरी सुनसरी, प्रिमियर होटल स्कुल इटहरी सुनसरी , होटल तथा लज व्यवसायी समिति इटहरी , सि.वि. कलेज सुनसरीको संयुक्त आयोजनामा इटहरीमा प्रभातफेरीको आयोजना गरी ४४ औं विश्व पर्यटन दिवस मनाइएको छ ।

इटहरीको पश्चिम लाइनमा रहेको हिरा होटलबाट सुरू भएको प्रभातफेरी इटहरी चोक, सङ्गीत चोक हुँदै इटहरी उपमहानगरपालिका परिसर परिक्रमा गरि इटहरीको पुर्व लाइनमा रहेको मितेरी होटलमा गएर कोणसभा गरेर भव्यताकासाथ विश्व पर्यटन दिवस २०२३ मनाएको हो ।

कोशी प्रदेशकै इटहरीलाई पर्यटन मैती वातावरण बनाएर पर्यटन फस्टाउन , विश्व पर्यटन दिवस सफल बनाउ , पर्यटक हाम्रा पाउना हुन् ,पर्यटकीय क्षेत्रहरूको विकास गरौं लगाएत विभिन्न नाराका साथ विश्व पर्यटन दिवस मनाइएको जिल्ला होटल तथा पर्यटन ब्यवसायी संघ सुनसरी अध्यक्ष तेजबहादुर पुरिले बताउनुभयो । 

त्यस्तै , विश्वमा बढ्दै गरेको तापक्रमलाई कसरी समाधान गर्न सकिन्छ र केही सन्देश पनि होस भनेर प्रभातफेरी कार्यक्रम गरिएको होटल तथा लज ब्यवसायी समिति इटहरी महासचिव दिपक पोख्रेलले बताउनुभयो ।  

 कार्यक्रममा तालतलैया विकाश तथा संरक्षण समितीका अध्यक्ष लक्ष्मीप्रसाद खनाल, सिवि कलेजका प्राचार्य खेमराज बास्तोला,होटल तथा लज ब्यवसयी समिती इटहरीका अध्यक्ष उमेश दाहाल , प्रिमियर होटल स्कुल र सिवि कलेजका विद्यार्थी,प्रहरी,  होटल तथा पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।

IMG_20230927_211514