इटहरी / असोज १० गते विश्व पर्यटन दिवस को अवसर पारेर  इटहरीमा प्रभात फेरि कार्यक्रम गरिने भएको छ । बिहान ७:३० बजे इटहरी नगरपालिका अगाडि बाट  पर्यटन क्षेत्र सग समन्धित सबै क्षेत्रका व्यवसायी हरुलाई उपस्थित हुन आह्वान गरिएको जिल्ला होटल तथा पर्यटन ब्यवसायी संघ सुनसरी अध्यक्ष तेजबहादुर पुरिले बताउनुभयो । 

  पर्यटन दिवसको अवसरमा पर्यटक हरुलाइ सम्मान समेत गरिने होटल तथा लज ब्यवसायी समिति इटहरी सुनसरी अध्यक्ष उमानाथ दाहालले बताउनुभयो।
पर्यटन तथा होटल मेनेजमेन्ट  बिषयमा पढाई हुने इटहरीका प्रिमियर स्कुल, सिबि कलेज को सहकार्यमा  जिल्ला होटल तथा पर्यटन ब्यवसायी संघ सुनसरी र होटल तथा लज ब्यवसायी समिति इटहरी सुनसरीले संयुक्त रुपमा आयोजना गरेको होटल तथा लज ब्यवसायी समिति इटहरी महासचिव दिपक पोख्रेलले बताउनुभयो ।  

1695748033676