सुनसरी / आज असोज १ गते विश्वकर्मा पूजा भएकाले धरानको तीनकुनेस्थित कोशी राजमार्गसँगै निर्माण भएको विश्वकर्मा मन्दिर र शनि मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको घुँइचो लागेको छ ।


आज खास गरि कालिगडहरुले विश्वकर्माको पूजा आराधना गर्ने गर्छन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मुर्ति एवं तस्बिरमा पूजा आराधाना गर्ने चलन छ । आज विश्वकर्मा मन्दिरमा पूजा गर्नेहरुको भीड छ ।