भोजपुर / प्राकृतिक तथा ऐतिहासिक सम्पदामा प्रख्यात मानिन्छ भोजपुर । यस जिल्लामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व बोकेका धेरै ऐतिहासिक धरोहर छन् ।


खुकुरीका लागि प्रख्यात जिल्ला भोजपुरमा देशभरका लागि आवश्यक पर्ने मुद्रा अर्थात् टक काट्ने ऐतिहासिक स्थान पनि रहेको छ । पहिलो संस्कृत पाठशाला पनि यही जिल्लामा स्थापना भएको थियो । पछिल्लो समय यहाँका पर्यटकीय, ऐतिहासिक तथा धार्मिकस्थलहरुको संरक्षणमा यहाँका स्थानीय तह तथा प्रदेश–१ सरकार जुटेका छन् ।


भोजपुरको पश्चिममा खोटाङ, उत्तरमा सोलुखुम्बु र सङ्खुवासभा, पूर्वमा धनकुटा र दक्षिणमा उदयपुर जिल्ला रहेको छ । यहाँ राई जातिको बाहुल्यता रहेको छ भने अन्य जातिहरुमा क्षेत्री, ब्राह्मण, मगर, तामाङ, नेवार र शेर्पा पर्दछन् । जिल्लाको प्रमुख प्रशासकीय केन्द्र भोजपुर बजार हो भने दिङ्ला, घोडेटार, दावाँ, कुलुङ, टक्सार, च्याङग्रे, चौकीडाँडा, मानेडाँडा, प्याउली, चम्पे, पाल्पाले बजार, बालुवानी बेँसी, पाँचधारे, जरायोटार, चरम्बी बजार, तिवारीभन्ज्याङ प्रमुख बजार हुन् ।


मध्यकालीन नेपालमा नेपालभरि चाहिने धातुका सिक्का बनाउने ऐतिहासिक टक्सार बजार यही जिल्लामा अवस्थित रहेको छ । यहाँका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रमा सिद्धकाली देवी मन्दिर–भोजपुर, नागछाँगा–बैकुन्ठे, पशुपति मन्दिर–तिम्मा, रामजानकी मन्दिर–दिङला, ट्याम्केडाँडा– नागी, सिलिचुङ डाँडा, नेपालको पहिलोबौद्ध विहार–टक्सार, च्याङग्रे पोखरी–च्याङगे, सन्तानेश्वर महादेवथान गुफा, साल्पापोखरी–दोभाने, कालिकादेवी–ओख्रे, सेल्मे डाँडा, सुन्तले डाँडा, दिङ्ला बजार, अरुणडाँडा, मैयुङ डाँडालगायत रहेका छन् । त्यस्तै बेहेश्वर मन्दिर–भुल्के, हतुवागढी, अरुणको कातिकेघाट, हाँसपोखरी, घोडेटार र नेपालेडाँडाबाट सोलुखुम्बुको नाम्चेबजार जाने पदमार्गलगायत प्रमुख क्षेत्र हुन् ।


सिचिलुङ चुचुरो भोजपुरको सबैभन्दा अग्लो स्थान हो यसको उचाई चार हजार १४३ मिटर मिटर रहेको छ । यहाँका पर्यटकीय क्षेत्रको विकास तथा विस्तारमा प्रदेश–१ सरकारसँगै स्थानीय तहहरुले प्राथामिकता निर्धारण गरेका हुन् । नेपाल सरकारले निर्धारण गरेको घुम्नैपर्ने १०० पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग निर्माणको काम तीव्र गतिमा भइरहेको छ । 

_2023_0914_211948

तस्बिर : सचिन न्यौपाने 

प्रदेश–१ सरकार, स्विस सरकार र टेम्केमैयुङ गाउँपालिको संयुक्त लगानीमा यहाँ पदमार्ग निर्माण भइरहेको छ । भोजपुरको पाँचधारेबाट सिलिचुङ चुचुरोसम्ममा करीब ५८ किलोमिटर पदमार्ग निर्माण गर्ने लक्ष्यका साथ पदमार्ग निर्माण भइरहेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । 


पदमार्गका लागि रु दुई करोड बढी  लागतमध्ये पहिलो चरणमा रु ९९ लाख बराबरको काम हुनेछ भने दोस्रो चरणमा चिया घर निर्माण, खानेपानी, शौचालय, विश्रामस्थल निर्माणसँगै पर्यटकहरुका लागि खानाबस्नका लागि अन्य संरचना निर्माण हुने गाउँपालिकाले जनाएको छ ।


 विशेष गरेर विदेशी पयर्टकहरुलाई लक्षित गरेर निर्माण हुँदै गरेको पदमार्गमा सिमेन्टको प्रयोग नगरी स्थानीयस्तरको स्रोत साधनको प्रयोग गर्दै विश्रामस्थल, चौतारा फँलैचाहरु निर्माण हुने छ  । यस पदमार्गमा पर्ने डाँडाबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खलाको दृश्यालोकन गर्न सकिन्छ ।


पहिलो चरणको पदमार्ग निर्माणको काम डेढ वर्षमा सम्पन्न हुने जनाइएको छ । त्यस्तै पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश–१ सरकारले तीन हजार ११० मिटर उचाइमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र ‘टेम्के डाँडामा दृश्यावलोकन स्तम्भ’ निर्माणको काम थालनी गरेको छ । प्रदेश सरकारले किराँत राईहरुको संस्कृत झल्कने तरिकाबाट टावरको निर्माण गर्न लागेको हो । 


भोजपुरको अर्को स्थल टेम्के डाँडामा टावर बनाउन सरकार लागि परेको छ । गाउँपालिकाले ऐतिहासिक तथा धार्मिक क्षेत्र कोटगढी, दोश्रो हलेसी भनेर चिनिने सन्तानेश्वर मन्दिर, दुङमाली भाषा संरक्षण केन्द्र, च्याङग्रे पोखरी, अरुण डाँडालगायत ठाउँको संरक्षण तथा विकासको थालनी गरेको हो ।IMG_20230914_213825

t_2023_0914_213244

गाउँपालिकाले दुङमाली भाषा संरक्षरण केन्द्र भवनको निर्माण गरिरहेको छ भने सन्तानेश्वर महादेव मन्दिरको पनि संरक्षणको काम भइरहेको छ । त्यस्तै च्याङ्ग्रे पोखरी र पर्यटकीय क्षेत्र अरुण डाँडाको विस्तृत परियोजना प्रतिवेदन तयार गरेर प्रदेश–१ सरकारसँगको सहकार्यमा काम भइरहेको गाउँपालिकाको भनाइ छ । 


गाउँपालिकाको ऐतिहासिक महत्व बोकेको ऐतिहासिक कोटगढी रहेकाले संरक्षण तथा विकासमा ध्यान दिएको पौवाङदुङमा गाउँपालिकाका अध्यक्ष किरण राईले बताए ।


गाउँपालिकाले ऐतिहासिक हतुवागढीको संरक्षणको लागि काम गर्ने तयारी रहेको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताए । त्यस्तै प्रदेश सरकारको आर्थिक सहयोगमा पर्यटकीयस्थल शङ्खमचुलीमा स्तम्भ निर्माण गरिरहेको छ । अन्य पर्यटकीय क्षेत्रको समेत विस्तृत प्रतिवेदन तयार गरेर काम गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।_2023_0914_213803

तस्बिर : मनोज आचार्य 

रामप्रसाद राई गाउँपालिकाले पनि प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल नाँग छाँगा, चुलाचुली गुफा, गोल्मेभिर लगायतका स्थानलाई आफ्नो आर्थिक स्रोतका रुपमा विकास गर्न डिपिआर तयार गरेको छ ।  यहाँ सञ्चालन भएका यी घरबासहरुमा स्थानीय परिकारसँगै स्थानीय संस्कार र संस्कृतिको प्रवद्र्धन गरिने गाउँपालिकाले जनाएको छ ।Screenshot_2023_0914_211847

तस्बिर : सचिन न्यौपाने