काठमाडौं / सन् २०२३ को आठ महिनामा ६ लाखभन्दा बढी विदेशी पर्यटकले नेपालका पर्यटकीय गन्तव्यको अवलोकन गरेका छन् ।


यस वर्षको जनवरीदेखि अगस्टसम्म ६ लाख १ हजार तीन सय ६० विदेशी पर्यटक नेपाल घुम्न आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । अगस्ट महिनामा ६७ हजार एक सय ५३ पर्यटक नेपाल आएका छन् ।


सन् २०१९ मा ७३ हजार आठ सय १४ पर्यटक नेपाल आएका थिए । सन् २०२३ भर १० लाख विदेशी पर्यटक नेपाल ल्याउने बोर्डको लक्ष्य छ ।


यो अवधिमा सबैभन्दा बढी भारतबाट २६ हजार ६ सय ६५, चीनबाट पाँच हजार २७, अमेरिकाबाट चार हजार ६ सय २९, श्रीलङ्काबाट तीन हजार पाँच सय ५८ र बङ्गलादेशबाट तीन हजार एक सय ९० पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्याङ्क छ ।