सुनसरी / तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको संगम स्थल गुराँसको राजधानी टिएमजे क्षेत्रमा लालीगुराँस पार्क निर्माण हुने भएको  छ ।


बसन्तपुर,सानो पाथीभरा,तिनजुरे क्षेत्रमा स्थानीय सरकार , प्रदेश सरकार , संघिय सरकारको सहकार्यमा शहरी विकास मन्त्री सीता गुरुङको पहलमा शहरी विकास मन्त्रालयबाट १ करोड रकम विनियोजन गरेर लालीगुराँस पार्क निर्माण गर्ने लालीगुराँस नगरपालिका नगर प्रमुख अर्जुन माबोहाङले जानकारी दिए ।


नगर प्रमुख माबोहाङका अनुसार पार्कमा गुराँसको ढुवानी,रोपण तथा यस क्षेत्रमा रहेको पोखरी संरक्षणका साथै लालीगुराँस सम्बन्धी गोष्ठि नगरपालिकाले गर्ने भएको छ । पार्क क्षेत्रमा पुर्वाधार विकासका कामहरु शहरी विकास मन्त्रालयको सहयोगमा नयाँ शहर आयोजना मार्फत हुने र तिनजुरे,मिल्के,जलजले क्षेत्रबाट २८ प्रजातीका लालीगुराँस ल्याएर पार्क क्षेत्रमा रोपिने गरिने पार्क निर्माण गर्ने भएको छ ।


पार्क निमार्ण क्षेत्रमा यही भदौ २ गते अध्यायन गरीने र अध्यायन प्रश्चात यस क्षेत्रमा रहेको सामुदायिक बनका पदाधिकारी वनस्पती विज्ञहरुको टोली टिएमजे क्षेत्र गई विरुवाहरुको अध्यायन गरी २८ प्रजातीका विरुवा ल्याई रोपिने भएको हो ।


चैतै सामुदायिक बन, तिनजुरे रातपोखरी समुदायिक वन र तिनेजुरे सामुदायिक वन क्षेत्र भित्र २ हेक्टर क्षेत्रफलमा पार्क निमार्ण हुने भएको लालीगुराँस नगरपालिका वडा नं ७ का वडाध्यक्ष ताथ प्रवक्ता देबेन्द्र खड्काले बताए । पार्क सँगै तिनजुरे पाँचपोखरी जाने बाटोको दायाँबायाँ पदमार्ग क्षेत्रमा समेत गुराँस रोपण गरिने भएको छ । तिनजुरेमा यस्तो पार्क निर्माण हुँदा अझै आन्तरिक तथा बाह्य पर्यटक आउने आशा जागेर गरेको छ ।

तेह्रथुमको तिनजुरे पाथीभरा मन्दिर