मिलन अधिकारी 

सुनसरी / एक समय पहाडमा गुराँसका ढापहरू गुराँसका फूलहरूले रक्ताम्य हुन्छन् । पूर्वको टि.एम .जे क्षेत्रलाई गुराँसको राजधानी भनिन्छ । गर्मीकोे मौसममा पनि चिसो भैरहने गुफापोखरी क्षेत्रमा राष्ट्रिय फूल हेर्न अनि तराईको अत्याधिक गर्मी छल्न मानिस आउने गर्छन ।


पाँच बर्षदेखि  गुफापोखरीको पर्यटकीय चर्चा सुरू भएको हो । यसअघि ताप्लेजुङ जाने र मधेस झर्नेहरूको बास बस्ने थलो मात्र गुफापोखरी थियो  । टुटे देउरालीबाट गुफापोखरी जाने बाटो कालोपत्रे भएको खण्डमा धरानबाट एकै दिनमा गुफा पोखरी आउजाउ गर्न सकिनन्छ भने, केहिमात्रमा असहज भएको कारण त्यो अवस्था छैन ।


 आकाश खुलेको बेला मनमोहक हुन्छ गुफापोखरी क्षितिजमा रहेका कंचनजंगा र मकालु हिमाल आँखै अगाडि देखिन्छन् । सूर्योदयको लालीसँगै बिहानै पोखरीमा हिमालहरू डुबुल्की मार्न आइपुग्छन् । आकाश खुलेको बेला डाँडाहरू परपरसम्म देखिन्छन,नागी डाँडा, फागुन, चैत्रको सफा मौसममा गुरासको जंगल भएका ढापहरू, पारी नुनढाकी बजार, चैनपुर बजार देखिन्छन् ।


गुफापोखरी तीनजुरे, मिल्के र जलजले (टि.एम.जे) क्षेत्रको संगमस्थल हो । तेह्रथुम, ताप्लेजुङ र संखुवासभा तीन जिल्लामा पर्ने तीनजुरे, मिल्के र जलजले तीन वटा पहाडी क्षेत्रहरू छन् । टि.एम.जे बसन्तपुरको सेरोफेरो, गुराँसको राजधानी र सभापोखरी भएको क्षेत्र हो । देउरालीबाट २८ कि.मी. कच्ची सडक हुदै, तेह्रथुमको बसन्तपुर मास्तिर टुटे देउरालीबाट तीनजुरे पुग्न सकिन्छ । तीनजुरेबाट नै गुराँसका जंगलहरू पनि भेटिन सुरू हुन्छन् ।  संखुवासभाको गुफा पोखरी


तीनजुरेमा आर.आर गार्डेन, पाथीभरा माताको मन्दिर ठुलाठुला पहाडका थुम्कि सुरु सँगै मिल्के क्षेत्रमा ठूल्ठूला गुराँसका ढापहरू देख्न सकिन्छ । तिनजुरे बाट अघि बढदै जादा, मादी नगरपालिको १ को चौकि बजार, हुदै मादी वडा नं. २ को मंगलबारेमा चिया खाजा खादै, लामपोखरी हेदै गुफापोखरी पुगिन्छ  । समुद्र सतहबाट २ हजार ८ सय ९० मिटर उचाइमा  गुफापोखरी छ ।लामपोखरीगुफा पोखरी मंगलबारे बजार


 त्यस्तै दुई शिखर मानव उत्पत्तिसँग जोडेर प्रचलित छन् । गुफापोखरीको पोखरीबाट झण्डै ३० मिनेटको दुरीमा मेन्छ्यायाम र मेन्छ्याम नामका शिखरमा पनि युमाथान र भ्युटावर बनाइएको छ । जलजले प्रसिद्ध र पवित्र सभापोखरी रहेको क्षेत्र हो ।


 पोखरीको उत्तर पट्टी ढिस्कोमा गुराँसको बोट छ । पोखरीको पहिचान बनेको छ गुराँसको त्यो बोट पर्यटकले खिच्ने हरेक फोटोमा प्रायः ढिस्कोमाथि रहेको त्यो बोट छुटेको हुँदैन । उक्त क्षेत्र नजिकै संखुवासभाको चैनपुर नगरपालिकामा पर्ने नजिकै अरू दुइटा साना गाउँ छन् । सुके बजार र जोरपोखरी बजार तीन गाउँ गरी लगभग ४० घर छन् ।


 अधिकांश शेर्पा र भोटे समुदायको बसोबास रहेको छ । लिम्बू, तामाङ र बाहुनहरू पनि छन् । विषेश गरि शेर्पा र भोटेहरू याक र चौरी पाल्छन् ।  उनीहरूले उत्पादन गर्ने चौरीेको छुर्पी र घ्यू  निकै राम्रो दाममा तराईदेखि राजधानीसम्म पुग्छ ।  वर्षाका तीन महिना बाहेक अरू सबै समय गुफापोखरी घुम्न रमणीय हुन्छ । 



जाडोमा धेरै समय हिउँ पर्छ, अनि हिउँले छपक्कै ढाक्दा हिमाल चढेझैं लाग्छ । घरका छाना, नांगा डाँडा र गुराँसका बोटहरू सबै सेताम्मे हुन्छन् ।  सबैको मन लोभ्यउछ । सुके बजारको सिरानमा दुई जुम्ल्याहा शिखर छन् । मेन्छ्याम र मेन्छ्यायाम ती शिखरमा युमाथानसँगै महादेवथान पनि छ । 


महादेवथानको कथा रोचक सुनाउने गर्छन । उहिल्यै सृष्टि रचनापछि मानवहरूको खुसीयाली हेर्न महादेव यहाँ आइपुगेको हुन्छन तब लिम्बू युवायुवती सृष्टि रचनाको खुसीयालीमा एक आपसमा हात समातेर धान नाच्दै पालम गाउँदै रहेछन् । उनीहरूको रमाइलोमा महादेव त्यही भुलिए । निकै समयपछि पनि महादेव नआएको देखेर पार्वतीले ध्यानदृष्टिले हेर्दा यहाँ लिम्बू युवतीको हात समातेर महादेव नाचिरहेको देखिन्छन् । पार्वती पनि लिम्बू युवतीको रूपमा आएर महादेव सँगै नाच्न थालिछन् र महादेवलाई लिएर अलप भइन् । महादेव पार्वती अलप भएको ठाउँमा महादेवथान बनाइएको बताइन्छ ।


 मेन्छ्याम पर्वतबाट धेरै ठाउँको अवलोकन गर्न सकिन्छ । उक्त पर्वत मेन्छ्यामलाई लिम्बु भाषाबाट नामकारण गरिएको हो । तेह्रथुम र संखुवासभाका स्थानीय ताप्लेजुङ पाथीभरा जाँदा यही बाटो आउजाउ गर्छन् । उहिले–उहिले यो ठाउँमा चौरीका गोठ मात्र थिए । पहाडबाट मधेस झर्नेहरू यही गोठहरूमा बास बसेर जान्थे । मानिसको आउजाउ बढ्न थालेपछि बस्तीको विकास भयो । बस्ती विस्तारै बजारमा परिणत हुँदै गयो । बजार बसेपछि सडकको आवश्यकता हुँदै गयो । 

विडम्बना पहाडका कुना कुनामा सडक पुग्दै गयो त्यही सडक हुँदै पहाडबाट मानिसहरू मधेस झर्न थाले । ‘सडक आएपछि विकास आउँछ भन्थे सडक आएसगै गाउँ रित्तिँदै गयो’ । अहिले जसरी पर्यटनको विकास सगै सडक पुगे पछि गुफापोखरी वरिपरि जग्गा किन्नेको लहर पनि बढेको छ । IMG-20230814-WA0006


विगतमा यहाँ गुराँसको दाउरा बालेर वन मास्ने गरिए पनि अहिले, सचेतना जागेएपछि गुराँस संरक्षणमा स्थानीयको चासो बढेको छ । जंगलहरू समुदायमा हस्तान्तरण भएपछि गुराँस संरक्षण हुँदै गएको छ । गुफापोखरी गुराँस हेर्न, गुराँसबारे अध्ययन गर्न र गर्मी छल्न पुर्व कै उत्कृष्ट स्थल भन्दा फरक पदैन् ।Screenshot_2023_0814_154506