सन्जिप तिम्सिना 

सुनसरी / इटहरीका प्राकृतिक गन्तव्य भन्नासाथ तालतलैया बनेको छ । यसकै अर्को पर्यटकीय पोखरी इटहरी १८  को भान्से पोखरी । भान्से पोखरी भने त्यतिसारो चर्चामा भने, छैन ।  पछिल्लो समयमा इटहरीको भान्से पोखरी संरक्षणको अभावमा रहेको देखिन्छ ।


इटहरी वडा नम्बर १८ मा रहेको  भान्से पोखरी प्रचार प्रचार नभएकाले पर्यटकको कमिले गर्दा संरक्षणको अभावमा रहेको छ ।भान्से पोखरी पुग्न इटहरी पश्चिम लाइनमा रहेको सशस्त्र प्रहरी बलको कोशी प्रदेशको मुख्यालयबाट पश्चिमतर्फको सडकमार्ग हुँर्दै १५ मिनेटको  सवारीमा इटहरीको भान्से पोखरी पुग्न सकिन्छ । 


भान्से पोखरी र रानी पोखरी बिच धार्मिक सम्बन्ध रहेको  छ ।  धेरै वर्ष अगाडि जङ्गलको विचमा रहेको पोखरी मानव बस्ती बस्ने क्रममा  जङ्गल फाड्दै गएर, मानव बस्ति बसेको हो । धेरैवर्ष अघि पोखरीको एक छेउबाट देउता रानी पोखरी तर्फ आउन जाने गरेको बाटोमा अन्नबाली पनि नभएको धार्मिक विस्वास रहेको स्थानिय हरिनारायण चौधरीले बताए ।


 झन्डै पाँच बिगाहा क्षेत्रफलमा फैलिएको आकर्षक पोखरी नजिकै शिवालय मन्दिर बनाइएको छ ।  प्राकृतिक अनि स्थानीय थारु संस्कृति बुझ्न यो पोखरीको यात्रा स्मरणिय हुनसक्छ । भान्से पोखरी ठुलो भएकै कारण यहाँ माछा उत्पादन पनि राम्रै हुन्छ । राम्रो माछा उत्पादन हुने भएकाले इटहरी उपमहानगरपालिकाले माछा उत्पादन गर्न ५ वर्षको लागि लगभग १५ लाखमा ठेक्का दिएको छ । 

ठेक्का पट्टा लागेको यहीँ पोखरीको लागि विकासका प्रयोग भए स्थानीय बासि खुसि हुने बहादुर खत्री दाहालले बताए । पोखरी वरीपरी स्थानिय बासिन्दाको बसोवास पनि रहेको छ । वर्षाको समयमा पोखरीमा पानीको वहाव बढ्ने, पोखरी वरपरीको ठाँउ समेत भत्किएको हुदाँ स्थानिय बासिन्दा समस्यमा परेको उनी गुनासो गर्छन ।


ठेक्काबाट उठेको रकम पोखरीको स्तर उन्नति गरिदीने हो भने, पोखरीको स्तरउन्नति चाडै हुने साथै सडक धरान तर्फ जोडि दिने हो भने धेरै भन्दा धेरै प्रर्यटक भित्र्याउन  सकिने स्थानिय बताउछन् । यहाँ मंसिरको बालाचतुर्दशी एक   सतबीज अर्थात (सतबीउ) छर्ने गरिन्छ ।


स्थानीय सरकारले भान्से पोखरीलाई पर्यटकीय क्षेत्र घोषणा गरेर बजेट विनियोजन गरि थप पर्यटन भित्र्याउन थालिएको, वर्षाको समयमा उक्त पोखरीमा पानी बढि हुने भए, पनि निकासा गरि वरपरका स्थानीयलाई बाढिको जोखिममा नराखिएको इटहरी वडा नं. १८ का वडा अध्यक्ष रामकुमार चौधरीले बताउनु भएको छ ।


स्थानीय सरकारले भान्से पोखरीलाई पर्यटकीय क्षेत्र घोषण गरे पनि यहाँ पर्यटकको चहलपहल भने देखिदैन  । इटहरी उपमहानगरपालिकाको सहयोगमा फलैचा बनाए पनि सरक्षण गरिएको भने गरिएको छैन  । पोखरीको चारै तिरको भाग झर्दै गएको छ । पोखरीको ओरिपारीको बाधमा पर्खाल लगाइ गेरावारा गरि प्रचार प्रसार गर्ने हो भने पर्यटन भित्र्याउन सकिन्छ ।