सुनसरी : धनकुटाको भेडेटारमा रहेको पाथीभरा मन्दिरमा भक्तजनको केन्द्रविन्तु बनेको छ । धनकुटा नगरपालिका ४ भेडेटारमा रहेको यस पाथीभरा मन्दिरमा भक्तजनहरूको सार्वजनिक विदाको दिन र शनिबार घुइँचो लाग्ने गरेको छ ।
भेडेटार बजारबाट आधा घण्टाका पैदल दुरीमा मन्दिर पुग्न सकिन्छ । सामुन्द्रिक सतह देखि १४ सय ५१ मिटरको उचाईमा रहेको देवीको मुर्तिलाई २०५७ सालमा मन्दिर स्थापना गरि पुजा गरिदै आएको छ 
ताप्लेजुङ जिल्लाको प्रसिद्ध पाथीभरा देवीको शाखाको रूपमा स्थापना गरिएको यस मन्दिरमा दिनहुँ सयौंको सङ्ख्यामा आन्तरिक तथा बाह्य वा भारतीय भक्तजन आउने गरेका छन् ।
पछिल्लो समय भेडेटार घुम्न आउने धार्मिक पर्यटकहरुका लागि पाथीभरा देवीको मन्दिर पवित्र स्थल बनेको छ । मन्दिरमा दर्शन गरेमा निसन्तानले सन्तान पाउने, बोली नहुनेको बोली आउने, मागेको कुरा पूरा हुने लगायत जनविश्वास रहेको  छ ।
IMG_20230614_151346
पाथीभरा देवीको मन्दिरमा हिन्दु धर्मावलम्बी मात्रै नभई अन्य धर्ममा आस्था राख्नेहरुका लागि पनि पर्यटकीय गन्तव्य बनेको छ । अझ तराईमा ६ महिनाको उखरमाउलो गर्मीको समयमा गर्मी छल्ने आनन्ददायी गन्तव्य भेडेटार बनेको छ ।
चिसो मौसम,पहाडका रमाइला डाडा अनि कुहिरोमा छोपिएको भेडेटारको शिरमा अवस्थित पाथिभरा माताको महिमा अपरम्पार छ । अझ यसको प्रचार प्रसारसगै मन्दिरको व्यवस्थापनमा समाजमा विभिन्न पक्षबाट ध्यान पुग्न थालेपछि यसको महत्व अझ बढेर गएको छ ।