सुनसरी : गर्मी बढेसँगै धनकुटाको पर्यटकीय स्थल भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटक चहलपहल बढेको छ । तराईमा दिनहुँ ३८ देखि ४० डिग्री तापक्रम बढेकाले गर्मी भएसँगै भेडेटारमा पर्यटक चहलपहल बढेको छ ।

२ वर्ष जति कोभिड-१९ महामारीले थलिएको पर्यटन क्षेत्रमा यस वर्ष भने पर्यटक चहलपहल बढ्दै गएको छ । भेडेटारमा गर्मी छल्न भनि प्रदेश न. १ का सुनसरी ,मोरङ, झापा , भारत लगाएका विभिन्न जिल्लाबाट पर्यटक आएका आउने गरेका छन् । विभिन्न पर्यटकीय गतिविधि गर्न रुचाउने, नयाँ वर्षमा घुम्न चाहने र पारिवारसहित रमाउनेको संख्या बढेकै कारण पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले शनिबार र सार्वजनिक विदाको दिन भिड हुने स्थानीय व्यापारी बताउछन् ।

यहाँ रहेका पर्यटकीय स्थल नमस्ते झरना, भेडेटार बजार, शंख पार्क, पाथीभरा मन्दिर, नाम्जे लगाएत पर्यटकीय क्षेत्रमा पर्यटक आउने गरेका छन्। भेडेटारको पाथीभरा मन्दिर दर्शन गर्न आउने भेडेटार बजार घुमेर जाने गरेका छन् । तराईमा अत्यधिक बढेकाले चिसो खान भनी भेडेटार घुम्न आएको एक पर्यटकले बताउछन् ।

भेडेटार बजारदेखि आधा घण्टाको दूरीमा अवस्थित नमस्ते (सिम्सुवा) झरना, नाम्जेमा पनि उत्तिकै पर्यटक आउने जाने गरेका छन् । धनकुटाको साँगुरीगढी गाउँपालिका- ६ मा रहेको नमस्ते झरनामा यति बेला एक हजार बढी आगन्तुक पर्यटक आउन थालेका छन् ।

केही समयदेखि तराईमा बढेको गर्मीका कारण पुर्वी तराईका मात्र हैन नेपालका विभिन्न जिल्ला र भारतबाट समेत भेडेटारको चिसो हावापानीमा दृश्यलोकन सँग नजिकै रहेको नमस्ते झर्नामा पौडी खेल्ने र डुबुल्की मार्नेहरूको संख्यामा अत्यधिक बढेको छ । भारतका ८० प्रतिशत बाह्य पर्यटक आउने गरेका छन् ।