इटहरी । सोल्टी होटल लिमिटेडअन्तर्गत पूर्वकाे इटहरीमा  ‘सोल्टी वेस्टेण्ड इटहरी’  सञ्चालनमा आएको छ । होटल गरिमाको व्यवस्थापनको जिम्मा सोल्टीले पाएसँगै यो होटल सोल्टी वेस्टेण्ड इटहरी’ को नाममा संचालनमा आएको हो। 

२०८० जेठ  ३  गते बुधवार होटेलको औपचारिक उद्घाटन गरि  संचालनमा आएको हो । २०७२ सालदेखि गरिमाको नाममा निर्माण सुरु भएको होटेललाई नेपालकै पुरानो पाँचतारे होटेल सोल्टीले व्यवस्थापनको जिम्मा लिएको छ ।

unnamed (1)

सोल्टीको ६५ वर्ष लामो हस्पिटालिटीको अनुभवले व्यवस्थापनमा कुनै कमी हुन नदिने र इटहरीले अब अन्तर्राष्ट्रिय स्तरको एक्स्पोजर पाउने  सोल्टी होटेलका उपाध्यक्ष सुदर्शन चापागाईँले बताए  ।

SVP01583-Edit

एक बिघा क्षेत्रफलमा रहेको होटलको डिजाइन भारतीय इन्जिनियरिङ कन्सल्टेन्सीले गरेको हो। होटलमा कुल ८०  वटा कोठा छ। होटलमा  प्रेसिडेन्सियल सुइट,  सुइट रुम,  एक्जुक्युटिभ रुम,  डिलक्स रुम र  स्ट्यान्डर्ड रुमका साथै ४० जना अटाउने एक रुफ टप रेस्टुरेन्ट छ,  १०० जना क्षमताको फाइन डाइनिङ र  ४० जनाको क्षमताको क्याफे एन्ड बेकरी रहेको छ भने एक हजार क्षमताको एक र ७ सय क्षमताको एक गरी दुई वटा ब्यांक्वेट हल, स्विमिङ पुल, हेल्थ क्लब, स्पा लगायतका अन्य सुविधा रहेको होटल गरिमाका डाइरेक्टर सिनेट रिजालले बताए  ।

FINALSVP01566-HDR-Edit

गरिमा होटेल प्रालिका अध्यक्ष भीम बहादुर पौडेलले इटहरीको व्यावसायिक र आर्थिक गतिविधि विकासमा होटेलको महत्त्वपूर्ण भूमिका रहने बताए । पौडेलका अनुसार भारतीय र आन्तरिक पर्यटकलाई मध्यनजर गर्दै  आठ वर्ष अघि निर्माण सुरु गरिएको होटल  करिब   २ अर्ब हाराहारीको लागतमा निर्माण सम्पन्न  भएको र दुई सय जनाले रोजगारी पाउने बताए।

SVP01387-2

कोसी प्रदेशको तेस्रो पाँचतारे होटेलको रूपमा रहेको सोल्टीले विदेशी,भारत लगायत  बाह्य  र आन्तरिक पर्यटकलाई मध्यनजर गर्दै यो होटल सञ्चालनमा ल्याउन लागिएको होटलले बिजनेस लक्जरी र ट्रान्जिट होटलको रूपमा सेवा सञ्चालन गर्ने  र  इटहरी आफैँमा बिजनेस हब भइसकेका कारण आन्तरिक र बाह्य पर्यटकको माग अनुसार सेवा दिइने साथै  होटेलले उद्घाटनको अवसरमा विशेष छुट सुविधा समेत दिएको सोल्टी होटेलका सञ्चालन उपाध्यक्ष दिपक लेखकले बताए।

SVP01498-Edit-Edit