बिराटनगर / कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले मन्त्री स्तरीय बैठकमा पर्यटनसंग सम्बन्धित स्विकृत भईसकेका तर सम्झौता हुन वॉकि योजनाहरु समयमै सम्झौता गरि प्रभावकारी ढंगले सम्पन्न गर्न वैशाख मसान्त भित्रको समय सिमा तोकेका छन्  ।

त्यसैगरी १४ जिल्लाकै विकट स्थानमा पर्यटनसंग सम्बन्धित योजना सम्झौताका लागि मंत्रालयमा धाउनु पर्ने बाध्यतालाई अन्त्य गर्दै सम्बन्धित जिल्लाका वन डिभिजन कार्यालयले सहजिकरण गर्नुपर्ने निर्णय गरिएको सचिवालयले जानकारी गराएको हो।

यि महत्वपुर्ण निर्णयले उपभोक्ता समितिहरुलाई झन्झटबाट मुक्त गरि योजनाहरु उत्कृष्ट ढंगले समयमै सम्पन्न हुने विश्वास लिएको छ