धरान / तीन दिने पोखरा भ्रमणमा निस्किएको धरान उपमहानगरपालिकाका उपप्रमुख अाईन्द्र बिक्रम बेघाको टोलीले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसँग पर्यटकिय सम्भावनाको बिषयमा छलफल गर्नुभएको छ !

धरान उपमहानगरपालिका टोलिले  मेयर आचार्यसँग महानगर पुगेर छलफल गरेको हो ! छलफलका क्रममा मेयर आचार्यले पोखरा १० दिनसम्म घुम्न सकिने ठाउँ रहेको बताउनुभयो ! उहाँले पोखराको प्रमुख गन्तब्यहरुको बारेमा बताउदै पोखरालाई नेपालकै पर्यटनको राजाधानीको रुपमा बिकास गरिने बताउनुभयो ! “पोखरामा १० दिन सम्म बस्दा घुमेर सकिन्छ” मेयर आचार्यले भन्नु भयाे ”पोखराको पर्यटन बिकासमा थप नयाँ योजना ल्याउदै छौ, पोखरालाई हामी नेपालकै पर्यटनको राजाधानी घोषणा गर्न सरकारसँग माग गरिरहेका छौ !” उहाँले पोखराबाट थुप्रै हिमश्रिङखलाहरु देख्न सकिने र नेपालका मौलिक जातीय पहिचान, पर्बतारोही सम्बन्धी जानकारी लिन अन्तरराष्ट्रिय पर्वतारोही म्युजियम पुग्नै पर्ने बताउनुभयो ! 

छलफलमा उपमेयर बेघाले पर्यटनको बिकासमा पोखराबाट सबैले सिक्नु पर्ने बताउनुभयो ! पोखरा र धरानको भुगोल मिल्ने भएकोले धरानको पर्यटन बिकासमा अवलोकन भ्रमण फलदायी हुने उहाँले बताउनुभयो ! “पोखरा र धरानको भौगोलिक डाडाकाडा करिब करिब मिल्छ, प्राकृतिक रुपमा सुन्दर डाडापाखाहरुलाई पोखरामा जस्तै सिगार्ने योजना ल्याउछौ” उपमेयर बेघाले भन्नु भयाे ”पोखराबाट हामी धेरै कुराहरु सिकेर धरानको सम्भाबित पर्यटकिय सम्भावना रहेका ठाउँको बिकास गर्नका लागि लगानी भित्राउछौ !” उहाँले धरान र पोखराको भगिनि सम्बन्धलाई थप प्रगाढ बनाउदै लाने बताउनुभयो ! धरान र पोखराले २०५४ साल पौष २१ गते धरानका तात्कालिन मेयर मनोजकुमार मेन्याङ्बोको पालामा भगिनि सम्बन्ध बनाइएकाे थियाे । 

धरानका भ्रमण टाेली संंयाेजक धरान १३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्लेले पोखराको पर्यटनको अध्ययन गरेर धरानको पर्यटन क्षेत्रको बिकास गरिने बताउनुभयो ! 

उपमेयर  बेघाले धरानको पर्यटकिय क्षेत्र समेटिएको चिनााा

ायाकाे चिनाे विभिन्कान स्लिथानमा वितरण गरेकाे थिया । टाेलीले पोखरास्थित पुम्दिकोट भुमेश्वोर शिवजी मन्दिर, अन्तरराष्ट्रिय पर्वतारोही म्युजियम, महेन्द्र गुफा, बिन्दबाशिनी मन्दिरलगायतका पर्यतकिय ठाउँहरुको अवलोकन गरेका थिए ! टोलीले पाल्पा, बुटुवल, लुम्बिनी, चितवन र नवलपरासीमा बनेका पर्यटन सम्बन्धीका संरचनाहरुको अध्ययन गर्ने कार्यक्रम रहेको बताइएकाे छ ।