धनकुटाः धनकुटामा रहेको प्रादेशिक संग्रहालयले आगन्तुकहरु कुरिरहेको छ । प्रदेश १ को ऐतिहासिक पर्यटकिय तथा प्रशाशकिय राजधानी धनकुटा ५ माथिल्लो कोप्चेमा नगरपालीका कार्यालयसँगै रहेको संग्रहालयमा प्रदेश १ का विभिन्न आदिवासीका सामाग्रि, गरगहना, भेषभुषा, औजार देखी विभिन्न सांस्कृतिक खुराकहरु प्रदर्शनमा राखिएका छन् । मेचे जातिको त घर देखी मान्छेको नमुनाहरुका जिवन्त देखिने प्रतिमाहरु बनाइएको छन् । 

२०३९ सालमा औपचारिक स्थापना भएर २०५२ बाट सर्वसाधारणलाई संग्रहालय खुल्ला गरिएको हो । पहिले पुर्वान्चल विकास क्षेत्रको अवधारणा हुँदा क्षेत्रिय संग्रहालयको रुपमा चिनिएको यो संग्रहालयको नाम अहिले प्रादेशिक संग्रहालय रहेको छ ।

संग्रहालयमा सन १८३५ देखी १८९१ सम्म प्रचलनमा रहेका इस्ट इन्डिया कम्पनीका २४१ सिक्काहरु समेत संग्रह गरिएका थिए । ती सिक्काहरु २०६० सावन ७ मा झापाको टाघन डुब्बामा फेला परेका थिए । 

धनकुटामा लोकसेवा परिक्षा दिनेलाई होस् वा धनकुटामा अन्य प्रयोजनमा घुम्न जानेहरुलाई होस् संग्रहालय एक छुटाउन नहुने गन्तव्य भएको बताउँछिन् संग्रहालयकि पाँचौ तहकि कर्मचारी लक्ष्मी कुमारी सुवेदी । सुवेदीका अनुसार संग्रहालय प्रवेश शुल्क विद्यार्थीलाई पाँच रुपैयाँ, वयस्कलाई १०, सार्क देशका नागरिकलाई ५० र अन्य देशकाहरुलाई १०० रुपैयाँ तोकिएको छ । 

संग्रहालय सोमबार आधा र मंगरबार पुरा विदा हुन्छ । बाँकि दिनहरुमा संग्रहालय खुल्ला रहन्छ । संग्रहालयमा मोबाइल प्रयोग गर्न र तस्बिर लिन निषेध गरिएको छैन