इटहरी: पर्यटनमा एक शब्द छ– माइस । एम आइ सि इ अर्थात्  मिटिङ इन्सेन्टिभ्स कन्फ्रेन्स,कन्भेन्सन एक्जिबिसन, इभेन्टस् भनेर बुझिने माइसको मोटामोटी अर्थ बैठक भेला सम्मेलन आदि जनाउने पर्यटन यो ।

यही पर्यटनको इटहरीमा पछिल्लो समयमा विकास भएको छ । यही मेसोमा काठमाण्डौ मुख्यालय भएको संस्था सीटीएफले इटहरीमा यही जेठ ६ र ७ गते दुई दिने ‘एकीकृत पाठ्यक्रम र यसको प्रभावकारी कार्यान्वयन’ विषयक सम्मेलन गर्ने भएको छ । 

संस्थाका कार्यकारी निर्देशक बद्री प्रसाद दाहालले आज इटहरीको हिसान कार्यालयमा एक पत्रकार सम्मेलन गर्दै कार्यक्रममा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूले कार्यक्रममा सहजीकरण गर्ने बताए ।

दाहालका अनुसार सजहकर्ताहरुमा प्राध्यापक डाक्टर बिजु थपलिया, युवराज अधिकारी, दिनेश थापा, रेखा हमाल, निर्मला पौडेल, अभिषेक घिमिरे, डाक्टर बासु सुवेदी देखी रत्न भण्डारी लगायत छन् । 

प्रदेश १ को सामाजिक विकास मन्त्रालय, पुर्वान्चल विश्वविद्यालय, प्याब्सन तथा एनप्याब्सन प्रदेश १ समिति र हिसान सुनसरीसँग समन्वय गरेर हुने कार्यक्रममा सहभागिता शुल्क व्यक्तिगत ३५ सय र संस्थागत पाँच हजार र मूल्य अभिवृद्धि कर भएको बताइएको छ । कार्यक्रमस्थल भने धरान लाइनमा रहेको इटहरीको होटेल इम्पेरियलमा हुनेछ ।