इटहरी: होटेल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राई धनकुटाको एक्लो पर्यटकीय गाँउपालीका साँगुरिगढी गाँउपालीकाको अध्यक्ष निर्वाचित भएका छन् । राईले नेकपा (एमाले)का प्रत्याशी कुमारजंग  याक्खालाई पराजित गर्दै अध्यक्ष जितेका हुन् ।

राईको ५३९९ मत आउँदा याक्खाको ४८५० मत आएको थियो । उपाध्यक्षमा भने भेडेटारको पर्यटन व्यवसायी लिलाराज लावतीको हार भएको छ ।

गठबन्धनका अध्यक्षले नेपाली कांग्रेसको तर्फबाट जित्दा उपाध्यक्षमा जसपाबाट उठेका लावतीको हार भएको हो । लावतीको ४१३६ मत आउँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले)कि मुना राईले ४६५० मत ल्याएर विजय भएकी छिन् । 

भेडेटारमा रहेर पर्यटन व्यवसायमा सक्रिय राईको जितले भेडेटारले मुहार फेर्ने आशा धेरैले व्यक्त गरेका छन् । इटहरीका पर्यटनकर्मी सन्तोष निरौलाले राईको जितले भेडेटारको मुहार फेर्न सकिने बताए ।

हालसालै टिएमजे टिसर्टको प्रवर्द्धन गरेर पर्यटन क्षेत्रमा सक्रिय रूपमा होमिएका निरौलाले भने, ‘प्रदेश १ का तीन पर्यटकीय गाँउपालीकामा कोसी करिडोर क्षेत्रको एक मात्रै साँगुरीगढी गाँउपालीका नै हो । त्यही गाँउपालीका अध्यक्षमा भेडेटारका चिनिएका सफल व्यवसायीको जित हुनु पर्यटनमा शुभ सङ्केत हो ।’