इटहरी: ५६७ मिटर लामो बागलुङ पर्वत पुलले विश्वको सबैभन्दा लामो झोलुङ्गे पुलको रेकर्ड बनाएको थियो । सन
२०२० जुलाई ३० मा उद्घाटित पुलले  कालिगण्डकि नदी माथि बागलुङ बजार र पर्वत जोड्छ । 

यो पुल गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नामकरण भएको पुल हो  । तर, यसको रेकर्ड अब तोडिने भएको छ । चेक रिपब्लिकले अर्को नयाँ पुल ७२१ मिटर लामो बनाएको छ ।

चेक रिपब्लिकको राजधानी प्रागबाट साढे दुई घण्टाको सवारी यात्रामा पुगिने चेक पोल्यान्ड सिमानाको डोल्नी मोराभा क्षेत्रमा बनेको पुलको नाम स्काइ ब्रिज ७२१ नामकरण गरिएको सीएनएनले उल्लेख गरेको छ । 

नेपालको पुल भन्दा यसको लम्बाई १५४ मिटर लामो छ । पुलको चौडाई १.२ मिटर छ  । यो पुलको प्रयोजन भने पर्यटकीय गतिविधिको लागी हो । यसको प्रवेश शुल्क १४.६० अमेरिकी डलर तोकिएको छ । जसको नेपाली रकम १७ सय हाराहारी हुन आउँछ । नयाँ पुल समुद्र सतहबाट १११६ मिटर उचाईमा रहेको छ ।