इटहरीः इटहरीमा प्रदेश १ कै पहिलो गार्डेन रिसोर्ट सञ्चालनमा आएको छ । एभर ग्रिन गार्डेन एन्ड नर्सरी प्राली नामक इटहरी ८ घुर्कीमा सञ्चालनमा रहेको रिसोर्टले फूल, फूड र फनमा आकर्षणको केन्द्र बन्ने क्रममा रहेको छ ।
रिसोर्टमा प्रदेश १ कै पहिलो इन्द्रेणी पार्क समेत बनेको छ । साढे चार बिगाहा क्षेत्रफलमा फैलिएको रिसोर्टमा दुई सय हाराहारी प्रजातिका फूलहरू पाइन्छन् । फूलका बिरुवा किन्न देखी फूलसँग सेल्फी खिच्न रिसोर्ट आकर्षक भएको सञ्चालक शरद लामाले बताए ।
झन्डै दुई करोड लगानी भइसकेको रिसोर्टमा लगानी बढ्दै गरेको लामाले बताए । उनले भने, ‘विभिन्न सांस्कृतिक चित्रकला,स्विमिङ पूल, इन्द्रेणी पार्क, नेपाली सांस्कृतिक संग्राहलय, खानपान, लज, क्याम्प फायर, सेमिनार हल, पार्टी प्यालेस आदिको एकै गन्तव्यमा यहीँ सुविधा पाउने तयारीमा छौँ ।’
अहिलेसम्म रिसोर्टमा प्रवेश शुल्क नलाग्ने भन्दै सञ्चालक लामाले आगामी दिनमा भने शुल्क लाग्ने बताए ।



















