इटहरी: नेपालको हिमाल पारिको जिल्ला मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ विश्व प्रसिद्ध पर्यटन प्रकाशन लोन्ली प्लानेटको शीर्ष सूचिमा अटाएको छ । सन २०२२ भर विश्वका मान्छेले घुम्नुपर्ने गन्तव्यमा मुक्तिनाथ आठौँ गन्तव्यको रूपमा सिफारिस भएको छ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी समेत मुक्तिनाथमा सन २०१८ को मे १२ मा पुगेका थिए । 

रोचक यो छ कि दक्षिण एसियाबाट सूचिका शीर्ष १० मा पर्ने नेपालको यही मुक्तिनाथ मात्रै हो । अमेरिकी च्यानल सिएनएनले समेत समाचार बनाएको शीर्ष दश १० को सूचि यस्तो छः 

१. कुक आइसल्यान्डस्
२. नर्वे
३. मौरिसस 
४. बेलिज 
५. स्लोभेनिया 
६. एंगुइला 
७. ओमान 
८. नेपाल 
९. मलावी 
१०. इजिप्ट