लन्डन: गत शनिवार बेलायतको राजधानी लन्डनस्थित नेपालीले व्यवस्थापन गरेको वेलिङ ग्रिनग्रोसरमा अचानक बेलायती अर्थमन्त्री ऋषि सुनाक टुप्लुक्क पुगे ।

लघु व्यवसायको प्रबद्र्धनमा सक्रिय मन्त्री त्यही अवलोकनको लागी सुटुक्क ग्रिनग्रोसरमा पुगेका थिए । उनले स्टोरमा आधा घण्टा बिताए । भलाकुसारी गरे । फोटो खिचे । ग्रिनग्रोसरका संचालक वासु शर्माले मन्त्रीको स्वागत गरे ।

खदा र नेपाली ढाकाटोपी लाएर उनले स्वागत गरे । उक्त स्टोर शर्माका छोरा विदित न्यौपाने र बुहारी आरती पुडासैनीले विगत दुई वर्षदेखि सञ्चालन गरेको व्यवसाय हो । 

लन्डनको वेलिङको व्यस्त बेलग्रोभ रोडस्थित हाई स्ट्रिटमा छ उक्त ग्रिनग्रोसर । ग्रिनग्रोसरमा दक्षिण एसियाली खासगरी नेपाली तथा भारतीय खाद्यान्न तथा ताजा तरकारीहरू बिक्री गरिन्छ ।

मन्त्री सुनाकले आफ्नो निर्वाचन क्षेत्र भित्र पर्ने योर्कशायर क्याटरिकमा गोर्खाहरूको ठुलो ब्यारेक भएको भन्दै आफ्नो गोर्खासँग राम्रो सम्बन्ध भएको भन्दै उनले गोरखाको योगदानको कदर गर्ने बताएका थिए ।

सन २०१५ बाट बेलायती संसदमा कन्जरभेटिभ पार्टीका सांसद रहेका सुनाक सन २०२० देखी चान्सलर अफ द
 एक्सचेकर हुन । चान्सलर अफ एक्सचेकर भनेको बेलायतको अर्थमन्त्री हो ।