इटहरी: प्रायः शेर्पाहरूको नाम  एकै खालको हुन्छ । यस बारेमा धेरैलाई जानकारी नहुन सक्छ । धेरैजसो  शेर्पा समुदायले नामकरण गर्दा हप्ताका सात  बारको आधारमा नाम राख्ने गर्छन् । सात बार सात फरकपरक नामहरू हुन्छन् । 

सन २००३ मा प्रकाशन भएको ‘ट्रिउन्फ अन एभरेस्ट’ नामक पुस्तकमा सम्पादकहरू आङरिता शेर्पा र सुसन होइभिका अनुसार यस्ता हुन्छन् सात बारमा सात शेर्पा नामहरुः 

आइतबार: निमा 

सोमबार: दावा 

मंगलबारः मिङ्मार/मिङ्मा 

बुधबारः लाक्पा 

बिहिबारः फुर्वा 

शुक्रबारः पाशाङ

शनिबारः पेम्बा