मुगु:  अमेरिका, बेलायत तथा अस्टे«लियाका रादूतहरु नेपालको सबैभन्दा ठुलो ताल रारा पुगेका छन् । नेपालगन्जको विमानस्थल हुँदै मुगुको ताल्चा विमानस्थलबाट रारा ताल उनीहरू सोमबार पुगेका थिए ।

पुग्नेमा अमेरिकीराजदूत रेन्डी बेरी, बेलायती राजदूत निकोला पोलिट् र अस्टे«लियाली  राजदूत फेलिसिटि भोल्क छिन । 

सोमबार ताल पुगेका उनीहरू अहिले रारा ताल आसपास हाइकिङ गरेर समुदायसँग अन्तरक्रिया गरिरहेका छन् । राजदूत त्रयले रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुको हुटु पुगेर सोलार प्यानल सहयोग गरेका छन् । 

राजदूतहरूको रारा भ्रमणले रारा बारेमा जानकारी नभएका नेपाली तथा विदेशीलाई धेरै जानकारी हुने हालसालै रारा पुगेका इटहरीका प्रमोद भट्टराई बताउँछन् ।

उनी भन्छन्, ‘जलवायु परिवर्तनको असरको बारेमा अध्ययन गर्ने नाममा जसरी राजदूतहरूको रारा यात्रा भएको छ । यसले नेपाली पर्यटन प्रबद्र्धनमा धेरै सकारात्मक सन्देश दिएको छ ।’ भट्टराईले रारामा पुग्ने सडक तथा हवाई देखी हस्पिटालिटि क्षेत्रमा भने सुधार गर्ने धेरै ठाँउहरु भएको बताउँछन् ।