इलाम: गाउँघरमा बनाइने पिङले नेपालका विभिन्न सामाजिक तथा सांस्कृतिक चाडबाडहरूको सङ्केत गर्छन् । कतिपय जनबोलीले त दसैँ र तिहारमा ‘भुँ छोड्नुपर्छ’ भन्दै पिङ खेल्नुपर्ने प्रचलन पनि छ । यस्ता पिङ चाडबाड सकिएसँगै उखेलिन्छन् । फेरि चाडबाड आएसँगै बनाइन्छन्। 

यस्ता म्यादी  पिङ भन्दा भिन्न र साहसिक पिङ बनेको छ दक्षिणी झापाको बुद्धशान्ती गाँउपालीका वडा नम्बर ७ मा । वडा कार्यालयसँगको भिरमा छ पिङ । झापाको चारआलीबाट कन्याम जाने बाटोमै १४ किलोमिटर हाराहारीको दूरीमा पिङ क्षेत्र पुग्न सकिन्छ । कान्छाकान्छीको स्विङ भनेर यो पिङ परिचित छ । 

सडकबाटै देख्न सकिने यो क्षेत्र सडकबाट बीस मिटर भित्र मात्रै छ । इलामको सुनमाइ क्षेत्रको यो परियोजना आसपास भ्यू टावर देखी धारागोला जस्ता रमणीय क्षेत्रहरू समेत भएकोले घुमन्तेलाई रमाइलो हुन्छ । सञ्चालक सुनिल ढुङ्गानाका अनुसार पिङमा लगानी एक करोड बढी छ ।

खोलाको बगर भन्दा दुई सय मिटर माथिको पिङ भएकोले आगन्तुकहरूले मज्जाले साहसिक अनुभव गर्न सक्छन् । गत असोज २१ बाट व्यवशायिक सञ्चालनमा आएको पिङमा एक जनाको पाँच सय शुल्क तोकिएको छ । हरेक टीकटमा दश लाखको बीमा समेत गरिएको संचालक ढुंगाना बताउँछन् । 

यो पिङ प्रदेश १ मा संचालनमा आएको पहिलो हो । संचालक ढुंगानाले यसलाई नेपालकै सबैभन्दा अग्लो भनेर दाबी गरेका छन् ।  दैनिक चालिस देखी पचास हाराहारीले नियमित आनन्द लिइरहेको सञ्चालन ढुङ्गाना बताउँछन् । उनी भन्छन्, ‘९९ प्रतिशत ग्राहक बाहिरबाट आउने नै हुनुन्छ ।’

सिधा सम्पर्क: सुनिल ढुङ्गाना ९८४२६२३१९८