इटहरीः राम्रा र स्तरीय होटलहरु खोज्न इटहरीमा प्राइड क्लिक्स् सेवा सुरु भएको छ । प्राइड क्लिक्सले  इटहरी र आसपासका स्तरीय होटेल तथा रिसोर्टहरुको रुम तथा अन्य सेवा बुक गर्न सकिने बताएको छ ।

अहिले इटहरीमा गोरखा होटेल, गरिमा होटेल तथा रिसोर्टमा गोकर्ण रिसोर्टको सेवा सुरु  भएको र अरू थपिँदै जाने प्राइड क्लिक्स्का प्रबन्ध निर्देशक नितेश पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार प्राइड हस्पिटालिटी प्रालीले सञ्चालन गरेको प्राइड क्लिक्स्ले देशभर सेवा दिनेछ । हालसम्म असी बढी होटलहरु सूचीकरण भएका छन् । 

नेपालमा विभिन्न विदेशी बुकिङ सेवा प्रदायकहरूले सेवा दिँदा नेपाली पैसा विदेश पलायन भएकोले नेपालकै उद्यमीबाट यहीँ त्यो पैसा राख्न पनि सेवा सञ्चालन गरेको पोखरेलले बताए ।  नेपालमा आएका विदेशी देखी नेपाली दुवैलाई आफ्नो सेवा अत्यन्तै प्रभावकारी हुने उनले बताए । प्राइड क्लिक्स्बाट निरन्तर सेवा लिनेहरूलाई निःशुल्क सुविधा समेत सञ्चालन गर्ने उनले बताए ।