काठमाण्डौः  नेपाली पुस्तक बजारमा नेपालका विश्व प्रसिद्ध हिमाली ट्रेकिङ , आरोहण बारेमा नेपाली भाषाका खासै धेरै  पुस्तक पाइँदैन । अझ स्की जस्तो नेपाली माटोमा अभ्यस्त हुने क्रममा मात्रै रहेको खेल बारेमा झनै कम चर्चा हुन्छ । 

तर, अब यी सबै विषय प्याकेजमा पुस्तकको रूपमा आएको छ । सन २०१२ मा नेपाली राष्ट्रिय गाइड र सन २०१५ मा अन्तर्राष्ट्रिय गाइड भएका छिरिङ जाङबु शेर्पाले आफ्नो पुस्तक ‘माउन्टेन गाइड’ लिएर आएका छन् । ३३२ पेजको पुस्तकमा ४३ पाठहरू छन् । ‘अल्पाइन शेर्पा गाइड ट्रेक एन्ड एक्सपिडिसन’ कम्पनीले यो पुस्तक सार्वजनिक गरेको हो । 

पुस्तकमा स्विजरल्यान्ड देखी फ्रान्स जस्ता देशहरूमा स्की गर्न गएका कथा देखी हिमाली क्षेत्रमा मनमोहक, रोचक, पीडादायक सबै खालका कथाहरू छन् । नेपाल सरकारले गरेको प्रथम सगरमाथा मापनमा सक्रिय गाइड शेर्पाको सगरमाथाको कथा अझ रोचक छ । दुई वर्ष अगाडि बजारमा आएको पुस्तकको मूल्य पाँच सय नेपाली रुपैयाँ रहेको छ ।

नेपाली भाषामै माउन्टेन गाइडले लेखेका अत्यन्तै थोरै पुस्तकमा यो पनि एक पुस्तक हो । नेपाल माउन्टेन अक्याडेमी काठमाण्डौका प्रशिक्षकसमेत रहेको शेर्पाले पुस्तकमा नेपाली पर्यटनका खराब पक्ष देखी त्यी पक्ष सुधारका तरिकाहरू बुँदागत रूपमा व्याख्या गरेका छन् ।

हिमाल क्षेत्र जानु अगाडि वा हिमाली पर्यटनका विभिन्न पक्ष बुझ्न यो पुस्तक अनिवार्य पढ्न आवश्यक छ । पुस्तक खरिद र जानकारीको लागी सिधा सम्पर्क नम्बर ९८४१०७३०१९ मा लेखकलाई कल गर्न सक्नुहुन्छ ।