इटहरीः  युरोप र अमेरिकामा बिसौँ शताब्दीको मध्यतिर सुरु भएको फुड ट्रक संस्कृति नेपाल भित्रन  एक्काइसौँ शताब्दीनै आउनुपर्यो । नेपालमा काठमाण्डौ र चितवनमा आएपछि मात्रै इटहरीमा भित्रियो यो खाद्य संस्कृति । यसमा क्रेडिट जान्छ सिन्धुलीका ध्रुव अधिकारी र उदयपुरका इन्द्र दाहाललाई । 

इटहरी १७ मा बासेबास गर्ने उनीहरु  अपरान्ह ४ बजेपछि गाडी हाँकेर इटहरी चौक आएर यो व्यवशाय चलाउछन ।  टाटा विंगर गाडीमा लिएर उनीहरु इटहरी चौकमा आएर चलाउने व्यवशायमा धेरैको आकर्षण छ । 

 पृष्ठभुमिमा नेपाली गीत बजाएर व्यापार संचालन हुन्छ । २० कर्सिहरुमा आगन्तुक आएर सेवा लिन्छन । फूड ट्रकमा सबैभन्दा सस्तो २० रुपैयाँको पानी र आलु तथा मसरुम स्टिक देखी २१० रुपैयाँमा चिकन फ्राइ राइस पाँउछ । तर, धेरैले झट्ट हेर्दा यो भन्दा महँगो सोच्ने दाहाल बताउँछन । 

उनी भन्छन, ‘ठेलमा भन्दा धेरै महँगो भन्ने भ्रमले धेरै नआएको मेरो अनुभव छ । बुझ्नेहरु भने आउनुहुन्छ । प्याकिङ पनि उत्तिकै जान्छ ।’ यत्ति फूड ट्रक संचालन गरे बापत दाहाल  इटहरी स्थानिय सरकारलाइ ६० रुपैयाँ शुल्क तिर्छन । ‘पार्किङ शुल्क’ बापत पैशा स्थानिय सरकारले लिने दाहाल सुनाउँछन । 

२०७६ फागुन १४ बाट सुनसरीमा फूड ट्रक व्यवशाय सुरु गरेका हुन ।