विराटनगरः संभवतः प्रदेश १ को मात्रै हैन नेपालकै तराई क्षेत्रको सबैभन्दा ठुलो ताल हो बर्जू ताल । दक्षिणी सुनसरीको बर्जू गाँउपालीकाको यही तालकै नाममा स्थानीय निकायको नामकरण भएको हो । 

१५२ बिगाहा क्षेत्रफलमा रहेको बर्जू तालमा २०७५ चैत्र ३ मा आएर प्रधानमन्त्री केपी शर्मा ओलीले समेत अवलोकन गरेका थिए । विराटनगरको केसलिया रोडबाट १० किलोमिटरमा रहेको ताल पुग्न १५ मिनेट हाराहारी मात्रै लाग्छ । 

बर्जू तालमा गरिने चार मूल्य चालहरूमा बोटिङ एक हो । एक सय रुपैयाँ तिरेर बोटिङ गर्न सकिन्छ । 

दोस्रो हो, चरा अवलोकन । बर्जूमा २ सय हाराहारी चराहरू पाइन्छन् ।

तेस्रो हो, पिकनिक । ३ सय देखी ५ सय पैसा तिरेर बर्जू क्षेत्रको विशाल परिधिमा पिकनिक खान पाइन्छ । 

चौथो हो, बालउद्यान आनन्द । २०७५ बाट सञ्चालनमा आएको उद्यानमा तीस रुपैयाँ पैसामा प्रवेश पाइन्छ । जहाँ बालबालिकाहरूलाई आनन्द दिने र भुलाउने धेरै क्रियाकलापहरू छन् ।