इटहरीः इहटरी मूर्ति मन पराउने सहर हो । यहाँका चोक चोक गल्लिगल्लिमा मूर्तिहरू छन् । पार्कमा मूर्तिहरू छन् । कतिपय होटेल, क्याफे र रिसोर्टहरुमा समेत मूर्तिहरू छन् । मूर्त मूर्तिहरू छन् । अमूर्त मूर्तिहरू छन् ।

इटहरीका यिनै मूर्तिहरूलाई सङ्केत गर्दै कवि विप्लव ढकालले नयाँ नाम दिए– वास्तु कविता । उनै कवि विप्लव ढकालले भनेका वास्तु कविताहरू सबैभन्दा धेरै भएको इटहरीको क्षेत्र हो तालतलैया  ।

इटहरी उपमहानगरपालिका वडा नम्बर २ र ३ मा फैलिएको तालतलैयामा दर्जनौँ वास्तु कविताहरू छन् । यी वास्तु कविताहरू कुद्ने मूर्तिकारहरू धेरै देशका छन् । 

नेपालका २८ र  जापान, जर्मन, इज्राएल, मलेसिया र भारत गरेर पाँच कलाकारहरू सहभागी एक मूर्ति कार्यशालाबाट यी वास्तु कविताहरू बनेका हुन । ‘एकता अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला २०७२’ नाम दिइएको कार्यशाला २०७२ माघ ९ बाट १८ दिनसम्म सञ्चालन भएको थियो ।

कार्यशालाबाट २८ मूर्तिहरू बने । त्यही मूर्तिले अहिलेसम्म तालतलैयाको आकर्षणलाई जीवित राखेको पर्यटनकर्मीहरू बताउँछ । 

७६.४५ हेक्टर क्षेत्रफलमा फैलिएको प्रदेश १ को चर्चित पिकनिक गन्तव्य तालतलैया पूर्वपश्चिम राजमार्गको जुट विकास खण्डबाट पाँच तथा तरहरा खण्डबाट तीन किलोमिटरको सडक दुरीमा छ ।