काठमाण्डौः अन्तरिक्षको खोज, अनुसन्धान  र अन्य विभिन्न कामहरूमा अन्तरिक्ष यात्रीहरू अन्तरिक्ष पुग्ने प्रचलन छ दशक पुरानो हो । तत्कालीन सोभियत संघ (हालको रसिया)का नागरिक युरि गागरिन सन १९६१ को अप्रिल १२ मा अन्तरिक्ष पुग्ने प्रथम मानव बने । गागरिन त सरकारको पैसामा गएका थिए । पेसाले पाइलट उनी अन्तरिक्षमा गएको ६० बर्ष कट्दा अहिलेसम्म सात अन्तरिक्ष पर्यटकहरू अन्तरिक्ष पुगेका छन् । उनीहरूले आफ्नै निजी लगानीमा सोभियत संघ तथा अमेरिकी कम्पनी मार्फत अन्तरिक्ष यात्रामा गएका छन् । डिड यु नो डट ओआरजीका अनुसार यी हुन अहिलेसम्मका सात अन्तरिक्ष पर्यटकहरुः 

१. डेनिस टिटो 
सन २००१ को अप्रिलमा डेनिस टिटो अन्तरिक्ष पुगेका थिए । ६० बर्षको हुँदा उनी अन्तरिक्ष पुगेका हुन । उनी अमेरिकी नागरिक हुन । 

२. मार्क सटलवर्थ

सन २००२ को अप्रिलमा २८ बर्षकै उमेरमा अन्तरिक्ष पुगेका सटलवर्थ दक्षिण अफ्रिकी नागरिक हुन । उनी अहिलेसम्म अन्तरिक्ष पुग्ने सबैभन्दा कान्छा पर्यटक हुन । 

३. ग्रेग ओस्लेन

अमेरिकी नागरिक ग्रेग ओस्लेन सन २००५ को अक्टोबरमा अन्तरिक्ष पुगे । त्यो समयमा उनी ६० बर्षका थिए । 

४. अनुशेख अन्सारी 

इरानी मूलका अमेरिकी अन्सारी सन २००६ को  सेप्टेम्बरमा अन्तरिक्ष पुगे । त्यो समयमा उनी ४० बर्षका थिए ।

५. चाल्स सिमोन्यी 

हंगेरीयन मूलका अमेरिकी नागरिक सिमोन्यी पहिलोपटक सन २००७ को अप्रिलमा अन्तरिक्ष पुगेका थिए । त्यो समयमा उनी ५८ बर्ष पुगेका थिए । पहिलो यात्राको दुई बर्सपछि सन २००९ को मार्चमा पनि उनी अन्तरिक्ष पुगे । दुई पटक अन्तरिक्ष पर्यटक बन्ने उनी एक्ला र पहिला व्यक्ति हुन । 

६ं  रिचर्ड ग्यारिओट 

४७ बर्ष हुँदा अमेरिकी नागरिक ग्यारिओट अन्तरिक्ष पुगेका थिए । उनी सन २००८ को अक्टोबरमा अन्तरिक्ष पुगेका थिए । 

७. गि ललिबेर्ते 

४९ बर्ष हुँदा क्यानडाली नागरिक ललिबेर्ते सन २००९ को सेप्टेम्बरमा अन्तरिक्ष पुगेका थिए । त्यस यता सन २०२० सम्म कुनै अन्तरिक्ष पर्यटकहरू अन्तरिक्ष पुगेका छैनन् । तर, विभिन्न अमेरिकी कम्पनीहरूले सन २०२१ मा भने पर्यटकहरू लाने बताएका छन् ।