इटहरीः इटहरीको प्रादेशिक रङ्गशाला परिसरमा  खाद्यान्न तथा विभिन्न प्रदर्शननि हुने ‘फुड एन्ड बेभरेज मेला’ हुने भएको छ । यही फागुन २९ गने एक दिन हुने मेलामा बिबिसी मास्टर सेफका फस्ट रनरअप सेफ सन्तोष शाह आउनेछन् । शाहसँगै सुगम पोखरेल, समीक्षा अधिकारी, एलिना चौहान, सुमन कोइराला ‘दले दाइ’ लगायतका कलाकाहरु आउने आयोजक जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरी अध्यक्ष तेजबहादुर पुरीले जानकारी दिए । 

मेला संयोजक सुनिल भुषालका अनुसार मेला एक औसत मेला मात्रै नभएर नेपाली पर्यटन तथा हस्पिटालिटि क्षेत्रको एक राम्रो भव्य कार्यक्रम हुनेछ । मेलामा प्रवेश शुल्क १ सय रुपैयाँ रहने र मध्यान्न १२ बजेपछि मेलाको रौनक सुरु हुने आयोजकले बताएका छन । मेलामा करिब ४ हजार बढि दर्शक तथा ७ लाख बढिको बजेट खर्च हुने आयोजकले बताएको छ ।