सुनसरी / भोजपुर र खोटाङ जिल्लाको सिमानामा रहेको पर्यटकीय क्षेत्र तावाभञ्ज्याङ्ग पर्यटकको आगमनमा कमि रहेको छ ।


भोजपुरको टेम्केमैयुङ गाउँपालिका र खोटाङको साकेला गाउँपालिकामा रहेको यस तावाभञ्ज्याङ्ग  किराती सभ्यता सँग जोडिएको मान्यता रहेको छ । यहीँ सहिद स्तम्भ पार्क छ जुन ठाउँमा खोटाङका व्यक्ति जनयुद्धमा सहिद भएकाहरूको सालिक राखिएको छ ।  यहाको अर्को महत्त्व हो चिन्डो पोखरी । चिन्डो पोखरीको निर्माण २०७३ सालमा निर्माण गरिएको हो । मुन्धुम पदमार्गको सुरूवात बिन्दु पनि तावाभञ्ज्याङ्ग हो ।


राई  भाषामा तावा भनको मयुर हो । जुन नागदेवि आकारमा रहेको छ । माथिल्लो भागमा माछा हुने भएकाले आय आर्जन गर्न सकिने टेम्केमैयुङ गाउँपालिकाका वडा नम्बर ९ का वडा अध्यक्ष नबराज माङ्गपाहाङ्गले जानकारी दिनुभयो ।


यहाँ पुग्न पुर्वको इटहरी , धरान ,धनकुटा ,भोजपुर सदरमुकाम बाट पश्चिमको सडक भएर अन्नपूर्ण , भोरनागि , पानधारे भएर तावाभञ्ज्याङ पुग्न सकिन्छ । यहाँको अर्को मनोरम दृश्य चिया बगान हो । तावाभञ्ज्याङ्गको नजिकै रहेको पानधारे मुख्य पर्यटकीय तथा धार्मिक क्षेत्र हो ।तावाभञ्ज्याङमा निर्माण गरेको सहित पार्क र चिन्डो पोखरीले पर्यटककलाई आकर्षक थपेको छ । 


यस तापाभञ्ज्यालाई टेम्कैमैयुङ गाउँपालिका र साकेला गाउँमरपालिका र केन्द्रीय सरकारले विकास काममा अगाडि बढाइरहेको छ । भोजपुर र खोटाङको सिमानामा रहेको तावाभञ्ज्याङ्ग

भोजपुर र खोटाङको सिमानामा रहेको तावाभञ्ज्याङ्ग